
लेखाका कार्यहरू (Functions of Accounting)
लेखाका कार्यहरू (Functions of Accounting)
लेखाका मुख्य कार्यहरू निम्नबमोजिम रहेका छन्:
(क)
पूर्ण र व्यवस्थित अभिलेख राख्ने
(To Keep Complete and
Systematic Record)
निर्दिष्ट नियम तथा सिद्धान्तहरूअनुसार व्यावसायिक कारोबारहरूको पूर्ण तथा व्यवस्थित तरिकाले अभिलेख राख्नु लेखाको महत्त्वपूर्ण कार्य हो । यो कार्य लेखा-अभिलेखन (Book-keeping) मार्फत सम्पादन गरिन्छ जुन लेखा-प्रणालीको एउटा अभिन्न अङ्ग हो।
(ख)
नाफा-नोक्सान निर्धारण गर्ने
(To Ascertain the Net
Profit and Loss)
एउटा निश्चित अवधिमा गरिएका व्यावसायिक कारोबारहरूबाट व्यवसायमा भएको नाफा वा नोक्सानको निर्धारण गर्नु लेखाको अर्को महत्त्वपूर्ण कार्य हो । यो कार्यले निश्चित अवधिमा व्यवसाय नाफा वा घाटा केमा चलेको छ सो निश्चित गर्न सहयोग पुयाउँदछ । नाफा वा नोक्सान निर्धारण गर्न लेखामा आय विवरण (Income statement) वा नाफा-नोक्सान हिसाब खाता (Profit and Loss Account) तयार पारिन्छ ।
(ग)
वित्तीय स्थितिको निर्धारण गर्ने
(To Ascertain the Financial Position)
लेखाले व्यवसायको निश्चित अवधिको आर्थिक स्थितिसमेत निर्धारण गर्दछ ।
व्यवसायको निश्चित समयमा भएको सम्पत्ति (Assets) र दायित्व (Liabilities) लाई प्रस्तुत गर्न लेखाअन्तर्गत एउटा विवरण
तयार पारिन्छ जसलाई वासलात (Balance sheet) वा स्थिति विवरण (position
statement) भनिन्छ । यो विवरणबाट
निश्चित मितिमा व्यवसायको आर्थिक स्थिति थाहा पाउन सकिन्छ।
(घ)
आर्थिक लेखासम्बन्धी सूचनाहरू प्राप्त गर्ने
(To Obtain Accounting
Information)
लेखाको एउटा महत्त्वपूर्ण सहायक कार्य आर्थिक तथ्याङ्कहरू संक्षेपीकरण
गर्ने, विश्लेषण गर्ने तथा व्याख्या गर्ने हो । यस
कार्यको महत्त्वपूर्ण उद्देश्य आर्थिकसम्बन्धी सूचनाहरू प्राप्त गर्नु हो ।
(ङ)
लेखासम्बन्धी सूचनाहरूको सञ्चार गर्ने
(To Communicate
Accounting Information)
लेखाको अर्को महत्त्वपूर्ण कार्य लेखाका विभिन्न सूचनाहरू, व्यवस्थापन, साहुहरू, कर्मचारीहरू, सरकार वा नियमनसम्बन्धी निकायहरूलाई सञ्चार गर्नु वा उपलब्ध गराउनु हो।
0 Comments: