Headlines
Loading...
टेलरको बैज्ञानिक व्यवस्थापनको सिद्धान्त (Taylor's Scientific Management Principle)

टेलरको बैज्ञानिक व्यवस्थापनको सिद्धान्त (Taylor's Scientific Management Principle)

टेलरको बैज्ञानिक व्यवस्थापनको सिद्धान्त (Taylor's Scientific Management Principle)

Taylor's Scientific Management Principle

सन् १८३२ मा वैज्ञानिक चार्ल्स ब्याबेजले वैज्ञानिक व्यवस्थापनको आन्दोलन सुरुवात गरे तर एफ.डब्लु‍. टेलर (१८५६-१९१५) वैज्ञानिक व्यवस्थापनलाई उद्योग व्यवस्थापनका समस्याहरू तर्कपूर्ण दृष्टिकोण एवं वैज्ञानिक खोज, विश्लेषण तथा प्रयोगबाट समाधान गर्न सकिन्छ भन्दै व्यवस्थापनलाई सर्वस्वीकार्य गराउने पहिलो व्यक्तिका रूपमा देखापरेका हुन् । उनलाई वैज्ञानिक व्यवस्थापनका जन्मदाता समेत भनिन्छ ।

टेलरले व्यवस्थापनलाई एक वैज्ञानिक प्रणालीमा विकसित गरे । उनले उद्योगमा न्यून कार्यदक्षताका कारणहरूको पहिचान गर्दै यो निष्कर्षमा पुगे कि प्रायजसो न्यून कार्यदक्षताको मुख्य कारण व्यवस्थापनका विधिहरू व्यवस्थित नहुनु नै हो ।

टेलरले वैज्ञानिक विधिले नै व्यवस्थापन कार्यमा आइपर्ने समस्याको समाधान गर्नुपर्छ भन्ने कुरालाई जोड दिएका छन् । वैज्ञानिक विधि अन्तर्गत उनले अवलोकन मूल्याङ्कन, प्रयोगिकरण, निचोड जस्ता तत्वहरू समावेश गरेका छन् । यसका साथै कार्यगत संगठनको प्रयोग, मानसिक परिवर्तन, कामदारहरूको छनौट व्यवस्था र तालिम लगायतका कार्यक्रम पनि वैज्ञानिक व्यवस्थापनमा समावेश गरेका छन् ।

टेलरले व्यवस्थापनसम्बन्धी सिद्धान्त निर्भर गर्ने पाँच सिद्धान्तहरू अनुसन्धान, प्रमाणीकरण, योजना, नियन्त्रण तथा सहयोगमा विशेष ध्यान दिए । व्यवस्थापनको क्षेत्रमा टेलरको धारणा पहिलोपटक सन् १८९५ मा मेकानिक इन्जिनियरहरूको अमेरिकी समाजलाई पेश गरेको 'A piece Rate System' नामक लेखमा बाहिर सार्वजनिक रूपमा आयो । अनि १९०३ मा "Shop Management" लेख प्रस्तुत गरे । त्यसैगरी उनका अन्य कृतिहरूमा सन् १९०६ मा "On the Art of cutting metals" र सन् १९११ मा "The principles of Scientific management प्रकाशित भए । यी मध्ये "Shop management" प्रस्तुत गरेको साल सन् १९०३ लाई वैज्ञानिक व्यवस्थापनको जन्म मितिको रूपमा लिइन्छ ।


टेलरले व्यवस्थापनका क्षेत्रमा निम्न सिद्धान्तहरू प्रतिपादन गरेका छन् :

परम्परालाई वैज्ञानिक पद्धतिले विस्थापित गर्नुः

काम सम्पन्न गर्ने सबैभन्दा राम्रो उपाय निर्धारण गर्नु नै वैज्ञानिक पद्धति हो । कुनै पनि क्षेत्रमा कुनै काम सम्पन्न गर्दा कम समय, गति र खर्चमा सम्पन्न गर्नुपर्छ, यहि नै कार्यसम्पादन गर्ने सर्वोत्तम उपाय हो । यसका लागि समय अध्ययन, गति अध्ययन, थकान अध्ययन र विधि अध्ययन लगायतका अध्ययनहरूको माध्यमबाट कुनै पनि कामदारले काम सम्पन्न गर्न चाहिने समय, गति र आरामको स्तर निर्धारण गरिन्छ । यस पद्धतिले अनुभवको आधारमा काम गर्ने परम्परालाई विस्थापित गर्दछ।


सुमधुर सम्बन्ध कायम गर्नुः

वैज्ञानिक व्यवस्थापनको सफल कार्यान्वयनका लागि कामदार र रोजगारदाताको बीच सुमधुर सम्बन्ध हुनुपर्दछ । यस प्रकारको सम्बन्धले कामदारलाई वैज्ञानिक विधि अपनाई काम गर्न हौसला दिन्छ । यस सिद्धान्त अनुसार कामदारलाई व्यवस्थापकहरूले आदेश पालना गर्ने मेसिनका रूपमा मात्र नहेरी उनिहरूलाई साथी जस्तो व्यवहार गर्दै उनिहरूको विचार बुझ्ने, समस्या तथा गुनासोहरू सुन्ने, सुविधा तथा तलब बृद्धि गरिदिने, पदोन्नती गरिदिने गर्नुपर्दछ भने कामदारले पनि व्यवस्थापक तथा रोजगार दातालाई सकारात्मक दृष्टिकोणले हेर्ने, समस्याहरू के छन् राख्ने गर्नुपर्दछ ।यस सिद्धान्तले मानसिक क्रान्तिको सिद्धान्तलाई व्यवस्थापन र कामदारहरूबीच सुमधुर सम्बन्ध राख्ने कडीको रूपमा प्रस्तुत गरेकाे छ ।

व्यवस्थापकको रूपमा टेलरले संस्थाहरू केबल परम्परागत नियमको आधारमा प्रबन्ध भएको देखे । त्यस समयका कामदारहरूले पुरा समय कार्य नगरी जानाजान उत्पादनमा बृद्धि रोकेको देखे । यस्तो अवस्था देखेर तत्कालीन व्यवस्थापनमा सुधार तालिम गर्न उनी उत्साहित भए । यसरी काममा कामदारको मन लागोस् र उत्पादनमा बृद्धि होस् भनि काममा परम्परागत पद्धतिको सट्टा कामको वैज्ञानिक विधि अपनाउन सुझाव दिइएको छ ।


सहयोगात्मक रूपमा कार्य गर्नुः

वैज्ञानिक व्यवस्थापनले रोजगारदाता तथा कर्मचारीको हितको पूर्ण सहिष्णुतामा जोड दिन्छ जसबाट आपसी लाभदायक सम्बन्धको सृजना हुन्छ । व्यक्तिवादीको सट्टा सहयोगको भावनामा आधारित हुन्छ । यसको लागि दुवै पक्ष एकअर्काप्रतिको मानसिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्दछ । यस सिद्धान्तले कामदार र रोजगारदाताहरूका बीच बचतको वितरणका कारणबाट हुने विवादलाई सुल्झाउने कोसिस गर्दछ । यस सिद्धान्तअनुसार कामदार र रोजगारदाताले मौजुदा बचतमा आफ्नो भागलाई बृद्धि गर्न झगडा गर्नुको साटो बचतको आकारमा नै बृद्धि गरी आ-आफ्नो अंश बनाउन सल्लाह दिइन्छ । टेलरले 'meant revolution' को सन्दर्भ राखेका छन् । जहाँ रोजगारदाता र कर्मचारीहरूको ध्यान मुनाफाको वितरणमा नभई मुनाफाको आकार बढाउने तर्फ अग्रसर हुन्छ ।


अधिक उत्पादन हासिल गर्नुः

वैज्ञानिक व्यवस्थापनअन्तर्गत व्यवस्थापक तथा कर्मचारीको प्रयत्न नियन्त्रित उत्पादनको सट्टा अधिक उत्पादन हासिल गर्ने हुनुपर्दछ । कामदारलाई अधिक उत्पादनका लागि प्रेरित गर्न उनिहरूले पाउने ज्यालालाई उत्पादन परिमाणको आधारमा भुक्तानी गर्नुपर्ने हुन्छ । यस ज्याला भुक्तानी विधि अनुसार ज्यालाका दुई दर कायम गर्न सकिन्छ । एउटा न्यून ज्यालादर, जसले तोकिएको स्तरको परिमाणमा उत्पादन गर्न सक्दैन । अर्को उच्च ज्यालादर, जसले तोकिएको उत्पादन परिमाणमा वस्तु उत्पादन गर्न सक्छ । यस्तो प्रणालीले कामदारहरूलाई उनीरुको परिश्रम अनुसार पुरस्कृत गरियो भने उत्पादन बढ्छ भन्ने कुरालाई व्याख्या गर्दछ । यसो हुँदा व्यवस्थापनले कम लागतमा धेरै उत्पादन गराउनाले मुनाफा बढ्दछ, कामदारले अधिक ज्याला पाउँदछन् र उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय वस्तु पाउँदछन् ।


वैज्ञानिक छनौट, स्थानान्तरण र तालिमः

वैज्ञानिक व्यवस्थापनले कर्मचारीहरूको वैज्ञानिक छनौट, उचित तालिम, स्थानान्तरण तथा विकासमा जोड दिन्छ । उत्पादन बढाउन कर्मचारी वा कामदारको छनौटमा अत्याधिक सावधानी अपनाउनु आवश्यक हुन्छ । छनौट भएका कर्मचारीहरूको क्षमता विकास गर्न उनिहरूलाई उचित तालिमको व्यवस्था गर्नु पर्दछ । व्यवस्थापकले कर्मचारीहरूको क्षमता तथा कार्यदक्षता वृद्धि गर्ने प्रयत्न गर्नुपर्दछ । जिम्मा दिएका सम्पूर्ण कार्यहरू गर्न समक्ष बनाई गलत विधि नअपनाउने कर्मचारीहरूको रूपमा विकास गर्नुपर्छ ।


योजना र कार्यलाई अलगः

टेलरले योजना र कार्य दुई अलग अलग कुरा हुन भनेका छन् । त्यसैले टेलरले कामको विशीष्टीकरणबाट हुने फाइदा लिनका लागि योजना र कार्यलाई छुट्याउन जोड दिएका छन् । टेलरले कार्यविभाजन, विशेष तालिम र अनुभवको फाइदा लिनका लागि योजना कार्य अध्यक्षलाई दिने र कार्यन्वयनको कार्य कारखाना निरीक्षकको निर्देशनमा काम गर्ने गरी सम्बन्धित कामदारलाई जिम्मा लगाउने सुझाव दिएका थिए ।



0 Comments: