Headlines
Loading...
 दोहोरो लेखा-प्रणाली (Double Entry-System)

दोहोरो लेखा-प्रणाली (Double Entry-System)

 दोहोरो लेखा-प्रणाली (Double Entry-System)



१. परिचय (Introduction)

लेखाको परिकल्पना र जन्म भएदेखि वर्तमान समयसम्म आइपुग्दा विभिन्न लेखा-प्रणालीहरू प्रयोगमा आएका छन् । लेखाको प्रयोगको दौरानमा लेखामा भएका कठिनाइ तथा अव्यावहारिक पक्षहरूलाई सुधार गर्दै जाने क्रमसँगै व्यवस्थित, व्यावहारिक तथा सुविधायुक्त लेखा-प्रणालीको जन्म भएको छ । वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्दा लेखा-प्रणालीलाई निम्न दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ:

(क) एकोहोरो लेखा-प्रणाली (Single Entry System of Accounting)
(ख) दोहोरो लेखा-प्रणाली (Double Entry System of Accounting)

यस अध्यायमा दोहोरो लेखा-प्रणालीको मात्र चर्चा गरिने छ र एकोहोरो लेखा-प्रणालीको चर्चा पछि सम्बन्धित अध्यायमा गरिने छ।


२. दोहोरो लेखा-प्रणालीको अर्थ तथा अवधारणा

(Meaning and Concept of Double Entry System)

हरेक कारोबारमा दुईवटा पक्षहरू रहेका हुन्छन् । यदि एउटा पक्षले केही प्राप्त गर्दछ भने अर्को पक्षले केही गुमाएको हुन्छ । त्यस्तै हरेक कारोबारबाट केही प्राप्त भएको हुन्छ भने केही गुमेको हुन्छ । यसैलाई दुईपक्षीय असर भनिन्छ जसलाई लेखामा डेबिट र क्रेडिटबाट व्यक्त गरिन्छ । प्रत्येक डेबिट बराबर क्रेडिट हुने गर्दछ । कारोबारमा हुने यही दुईपक्षीय असर (डेबिट र क्रेडिट) लाई उल्लेख गरेर आर्थिक कारोबारहरूको अभिलेख राखिने लेखा-प्रणालीलाई दोहोरो लेखा-प्रणाली (Double Entry Book-keeping System) भनिन्छ । उदाहरणका लागि यदि नगदमा सामान खरिद गरिएको छ भने सामान हिसाब खाता (Goods A/C) लाई डेबिट र नगद हिसाब खाता (Cash A/C) लाई क्रेडिट गरिन्छ । यसैगरी यदि सामान उधारोमा खरिद गरिएको छ भने खरिद हिसाब खाता (Purchase A/C) लाई डेबिट र विक्रेताको खाता वा साहुको खाता (Creditors' A/C) लाई क्रेडिट गरिन्छ ।

यसरी हरेक कारोबारको दुईपक्षीय असर हुन्छ - डेबिट र क्रेडिट । यही कारोबारमा हुने दुईपक्षीय असर देखाएर अभिलेख राखिने लेखा-प्रणाली नै दोहोरो लेखा-प्रणाली हो।

दोहोरो लेखा-प्रणाली नै त्यो वैज्ञानिक लेखा-प्रणाली हो जसले संस्थाको यथार्थ आर्थिक स्थितिको जानकारी गराउन सक्दछ । त्यसैले यसलाई व्यावसायिक वा गैरव्यावसायिक संस्थामा भएको आर्थिक कारोबारहरूको अभिलेख राख्ने एकदमै विकसित, वैज्ञानिक र प्रभावकारी लेखा-प्रणालीको रूपमा लिइन्छ।


. दोहोरो लेखा-प्रणालीका विशेषताहरू (Features of Double Entry System)

व्यावसायिक आर्थिक कारोबारहरूको अभिलेख राख्ने सबभन्दा वैज्ञानिक. आधनिक र प्रगतिशील लेखा-प्रणाली दाहारा लेखा-प्रणाली हो । यस लेखा-प्रणालीका मुख्य विशेषताहरू यसप्रकार छन्ः

(क) दुईपक्षीय असर (Two Fold Effects)

हरेक कारोबारमा दुई पक्षहरू रहेका हन्छन् । कारोबारमा कसैले केही कुरा प्राप्त गर्दछ भने कसैल कहा कुरा गुमाउछ अथवा केही कुरा प्राप्त हुन्छ भने केही कुरा गुमेको हुन्छ जसलाई दोहोरो लेखा-प्रणालीमा डेबिट (Debit) र क्रेडिट (Credit) बाट व्यक्त गरिन्छ । हरेक डेबिटका लागि क्रेडिट हुनुपर्दछ भन्ने आधारभूत सिद्धान्त दोहोरो स्रेस्ता प्रणालीले अवलम्बन गरेको हुन्छ।

(ख) बराबर असर (Equal Effects)

दोहोरो लेखा-प्रणालीअनुसार कारोबारको अभिलेख राख्दा डेबिट जति रकमले प्रभावित भएको हुन्छ क्रेडिट पनि त्यति नै रकमले प्रभावित भएको देखाइन्छ । दोहोरो लेखा-प्रणालीले कारोबारको दुईपक्षीय असरलाई मात्र अभिलेख गर्ने मात्र नभई यसले एउटा खाताको डेबिट साइडमा जति मौद्रिक रकमलाई उल्लेख गर्दछ अर्को खाताको क्रेडिट साइडमा पनि त्यति नै रकमलाई उल्लेख गर्दछ।


(ग) निश्चित नियमहरूद्वारा निर्देशित (Guided by Prescribed Rules)

दोहोरो लेखा-प्रणालीअन्तर्गत केही निर्धारित नियमहरू हुन्छन् । यिनै नियमहरूलाई पालना गरेर कारोबारहरूको अभिलेख यसअन्तर्गत राखिन्छ । उदाहरणका लागि जब एउटा विक्रेताले कुनै पक्षलाई मालसामान बिक्री गर्दछ त्यतिबेला मालसामानको स्वामित्व क्रेतामा हस्तान्तरण भएको हुन्छ । यो कारोबारमा क्रेता वा सामानको प्राप्तकर्ताको खातालाई डेबिट (Dr) गरिन्छ भने मालसामान खातालाई क्रेडिट (Cr) गरिन्छ । यसैगरी जब क्रेताले आफूले तिर्नुपर्ने नगद भुक्तान गर्दछ, त्यतिबेला नगदमाथिको स्वामित्व केताबाट विक्रेतामा पुग्दछ । र यो समयमा नगद खातालाई डेबिट गरिन्छ भने केताको खातालाई क्रेडिट गरिन्छ।


(घ) गणितीय शुद्धता (Arithmetical Accuracy)

यो लेखा-प्रणालीमा लेखासम्बन्धी कार्यको शुद्धताका बारेमा आश्वस्त हुन सकिन्छ । यसअन्तर्गत आर्थिक कारोबारको अभिलेखको गणितीय शुद्धतालाई सन्तुलन परीक्षण (Trial Balance) तयार पारेर जाँच्न सकिन्छ।


२.४ दोहोरो लेखा-प्रणालीका उद्देश्यहरु (Objectives of Double Entry System)

वास्तवमा दोहोरो लेखा-प्रणाली एउटा वैज्ञानिक लेखा-प्रणाली हो त्यसैले एउटा असल लेखा-प्रणालीका उद्देश्यहरू नै दोहोरो लेखा-प्रणालीका उद्देश्यहरू हुन् । दोहोरो लेखा-प्रणालीका मुख्य उद्देश्यहरूलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ।

(क) आर्थिक कारोबारहरूको अभिलेख व्यवस्थित ढङ्गले राख्नु,
(ख) आर्थिक अभिलेखको वर्गीकरण र व्याख्या गर्नु,
(ग) आर्थिक सूचनाहरू उपलब्ध गराउनु,
(घ) व्यवसायको यथार्थ आर्थिक स्थितिको निर्धारण गर्नु,
(ङ) निश्चित अवधिमा भएको नाफा वा नोक्सान निर्धारण गर्नु,
(च) उचित निर्णय लिनका लागि तथा समस्याहरूको समाधान गर्नका लागि सहयोग पुयाउन्।



0 Comments: