![प्रतितपत्र का बारेमा छोटकरीमा लेख्नुहोस। [Letter of Credit]](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2PM00AZgSH8UDErB227pcV6wQa1QSWJF2EwkWB5zCxNyQTolqX2bOC84y6ofBRiKbIrVS959kkm4WbWU6sngYIELPcFy2M8fsMnBosb_9LagbXD_uOws0CZD52sS2cbS-P1tL8ZtECgE/w700/Letter-of-Credit-1024x538.jpg)
प्रतितपत्र का बारेमा छोटकरीमा लेख्नुहोस। [Letter of Credit]
प्रतितपत्र का बारेमा छोटकरीमा लेख्नुहोस। [Letter of Credit]
प्रतितपत्र भन्नाले खरिदकर्ता वा आयातकार्तको बैंकले बिक्रेता वा खरीदकर्ताको बैंकलाई निश्चित रकम तिर्ने प्रतिबद्धता भन्ने बुझिन्छ । बिक्रेता र खरीदाकर्ता बिच विश्वासको अभाव हुने भएकोले गर्दा बैंक एक मध्यस्थकर्ता भई व्यावसायमा अहम भुमिका निर्भाह गर्दछ । आयातकर्ताको अनुरोधमा नियार्तकर्ताको बैंकलाई पैसा तिर्ने प्रतिबद्धता गर्दा निर्यातकर्ता ढुक्क भई सामान पठाउने गर्दछ । आयातकर्ताले सामान पाउने निश्चित गरेपछि मात्र उसको बैंकले नियार्तकर्ताको बैंकलाई भुक्तानी दिने हुनाले विश्वसको वातावरण सिर्जना हुन्छ ।
प्रतितपत्रमा संलग्न पक्षहरु
- आयातकार्त
- नियार्तकर्ता
- Issuing bank जसले आयातकर्ताको अनुरोधमा LC जारी गर्दछ
- Advising Bank: Issuing Bank ले जारी गरेको LC नियातकर्ताको पक्षमा जारी भएको जानकारी नियार्तकर्तालाई गराउने
- Confirming Bank जसले Issuing Bank ले जारी गरेको LC Confirm गरी त्यसको भुक्तानी वा मध्यस्थता वा स्वीकृत दिने काम गर्दछ
- Negotiating or nominated bank : यसले निर्याकर्तालाई बिना कुनै रोकावट भुक्तानी स्वीकार गर्ने वा क्रेडिट negotiate गर्ने काम गर्दछ।
- Reimbursing or remitting bank : यसले निर्यातकार्तालाई भुक्तानी पठाउनका लागि Graft Shipment कागजातको आधारमा रकम रकमान्तर गर्दछ
प्रतितपत्र का फाइदाहरु
१. बकैं का लागि
- व्यवसायको अवसर
- गैर कोषमा आधारित कर्जा भएकाले रकम दिनु नपर्ने
- प्रतितपत्र कारोबार गर्दा धितो Margin राखिने हुनाले जोखिम कम हुने
- Service Income कमाउने र नाफा वृद्धि गर्ने उपयुक्त उपकरण
२. ग्राहकका लागि
- निर्यातकर्ता र आयातकर्ता दुवैले एक आपस लाई नचिन्ने भएपनि विश्वासको वातावरण सिर्जना हुने
- भुक्तानी आदानप्रदान गर्ने उपयुक्त माध्यम
- अन्तरदेशीय कारोबारमा विशेष सहजता प्रदान गर्ने बैंकिङ उपकरण
- निर्यातकर्तालाई कर्जा जोखिमबाट मुक्त दिलाउने
प्रतितपत्र का बेफाइदाहरु
- बैंकको कमिशन रकम अलग्गै लाग्ने हुनाले खर्चको भार
- प्रतितपत्र कारोबारमा समय लाग्ने
- अनाधिकृत प्रयोग वा धोका दिन सक्ने जोखिम
- विनिमय जोखिम
- Issuing Bank ले भुत्तानी नदिने जोखिम
- समयको सिमा रहने
यसरी हेर्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कारोबारमा आयातकर्ता र निर्यातकर्ता बीचको विश्वासको वातावरण बनानउने उपयुक्त माध्यमका लागि प्रतितपत्र कारोबारलाई लिने गरिन्छ । व्यापारमा विश्वासको वातावरण सिर्जना गर्ने र साथसाथै बैंकलाई पनि कमिसनलको रकम प्राप्त हुने हुनाले आधुनिक बैंकिङको उपयुब्त उपकरण मध्ये प्रतितपत्रलाई पनि एक मान्न सकिन्छ । तथापि दिनानुदिन बढ्दै गइरहेको विभिन्न बैंकिङ जोखिमहरुलाई पनि बैंक तथा आयातकर्ता र निर्यातकर्ताले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
0 Comments: