Headlines
Loading...
लेखाका उद्देश्यहरु (Objectives of Accounting)

लेखाका उद्देश्यहरु (Objectives of Accounting)

 

लेखाका उद्देश्यहरु (Objectives of Accounting)

लेखाका प्रमुख उद्देश्यहरू
निम्नअनुसार छन् :

(क)  व्यावसायिक कारोबारहरूको अभिलेख राख्ने
(To Maintain Records of Business Transactions)

लेखाको प्रमुख उद्देश्य व्यावसायिक कारोबारहरूको उचित र व्यवस्थित ढङ्गले अभिलेख राख्नु हो । वर्तमान समयमा एउटा व्यवसायमा कारोबारहरूको संख्या यति धेरै हुन्छ कि ती सबै कारोबारहरूलाई एउटा मानव-मस्तिष्कले स्मरण गरिरहन सम्भव हुँदैन । त्यसैले सम्पूर्ण व्यावसायिक कारोबारहरूको व्यवस्थित र पूर्ण रूपमा अभिलेख राख्नु आवश्यक हुन्छ । त्यस्ता अभिलेखहरूलाई व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न वा चासो लिने व्यक्तिहरूले प्रयोग गर्न सक्दछन्।

 

(ख)   नाफा वा नोक्सानको निर्धारण गर्ने

 (Calculation of Profit or Loss)

एउटा व्यावसायिक संस्थाको आर्थिक कार्य सम्पादनको मापन गर्ने महत्त्वपूर्ण आधार नाफा हो । एउटा निश्चित अवधि वा आर्थिक वर्षभरिमा गरिएका कारोबारहरूबाट व्यवसायमा कति नाफा वा नोक्सान भयो सो को निर्धारण गर्नु लेखाको उद्देश्य हो । यस प्रयोजनका लागि लेखाअन्तर्गत व्यापार हिसाब खाता तथा नाफा-नोक्सान हिसाब खाता तयार पारिन्छ।

 

(ग) व्यवसायको आर्थिक अवस्था दर्शाउनु
(Presentation of The Financial Position of a Business)

एउटा व्यावसायिक संस्थाको आर्थिक अवस्थालाई वासलात (Balance Sheet) ले प्रस्तुत गर्दछ । वासलात एउटा संस्थाको सम्पत्ति तथा दायित्वहरूको विवरण हो । वासलातमा देखिएको सम्पूर्ण सम्पत्तिहरूको योगबाट बाह्य दायित्वहरूलाई घटाउँदा आउने अंक वा शेषले मालिकहरूको पुँजीलाई दर्शाउँछ । वासलातले व्यवसायको आर्थिक सबलतालाई चित्रण गर्दछ। यदि सम्पत्तिहरूको परिमाण बाह्य दायित्वभन्दा बढी देखियो भने व्यवसायको आर्थिक सबलता देखिन्छ र यसको विपरीत स्थितिमा व्यवसायको ऋण सोधन क्षमता नकारात्मक भएको बुझिन्छ अथवा आर्थिक क्षमता नकारात्मक हुन्छ।

 

(घ) विभिन्न प्रयोगकर्ताहरूलाई सूचनाहरू उपलब्ध गराउने
(To Provide Information to the Users)

लेखाले विभिन्न प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सूचनाहरूको सञ्चार गर्दछ । प्रयोगकर्ताहरू आन्तरिक तथा बाह्य दुवै पक्षहरू हुन सक्दछन् । आन्तरिक प्रयोगकर्ताहरूमा व्यवस्थापनको विभिन्न तहमा रहेर कार्य गर्ने व्यक्तिहरूलाई लिन सकिन्छ । व्यावसायिक संगठनको विभिन्न तहमा रहेका अधिकृत तथा अन्य कर्मचारीहरूलाई समयमै उचित तरिकाले विभिन्न व्यावसायिक निर्णयहरू लिनका लागि आर्थिक सूचनाहरू आवश्यक पर्दछ । त्यसैगरी व्यावसायिक आर्थिक सूचनाहरूको बाह्य प्रयोगकर्ताहरूमा लगानीकर्ता, साहु, सरकार, स्थानीय निकाय, बैंक तथा वित्तीय संस्थाहरू आदि पर्दछन् ।

 

(ङ) कर निर्धारणमा सहयोग पुयाउने
(To Help in Determining The Tax Amount)

लेखाले आयकर तथा अन्य करहरूसम्बन्धी दायित्वहरू ठीक-ठीकसँग निर्धारण गर्न महत्त्वपूर्ण आधारहरू उपलब्ध गराई सहयोग पुयाउँदछ।

 

0 Comments: