Headlines
Loading...
संगठन(Organisation) भन्नाले के बभिन्छ

संगठन(Organisation) भन्नाले के बभिन्छ



संगठन(Organisation) भन्नाले के बभिन्छ


निर्दिष्ट कार्य सम्पादनका लागि आवश्यक स्रोत साधनको संयोजनलाई नै संगठन (Organisation) भनिन्छ ।

सामान्य अर्थमा कुनै साझा उद्देश्य प्राप्तिका लागि २ वा २ भन्दा बढी व्यक्तिहरु मिली गरिने साझा प्रयत्नलाई संगठन भनिन्छ । संगठन एक मानवीय र कार्यमूलक संरचना हो, जसमा समन्वय, सामञ्जस्यता, अन्तक्रिया आदिको निरन्तरता रहेको हुन्छ ।

संगठनको माध्यमद्वारा मानवीय मानवीय शक्तिको क्रियाकलाप र भूमिकालाई औपचारिक, समन्वयात्मक, सामञ्जस्यपूर्ण तथा निरन्तर तुल्याई मानवीय प्रयत्नहरुलाई व्यवस्थित र दिगो बनाउने कार्य गरिन्छ ।

कार्यगत रुपमा हेर्दा कार्य विभाजन  प्रशासन तथा व्यवस्थापनका विभिन्न

यमद्वारा कार्य विभाजन, जिम्मेवारी, अधिकार र कर्तव्यलाई साधनश्रोत एवं उद्देश्य अनुरुप तादात्म्य कायम नै संगठन हो । वास्तवमा संगठन संगठित गर्ने कार्य, प्रशासनिक संरचना र संगठित हने प्रकया हो।

प्रशासन तथा व्यस्थापनका विभिन्न पक्षहरु मध्ये संगठन एउटा महत्वपूर्ण तत्व तथा अंगको रुपमा रहेको हुन्छ । 

कुनै निश्चित उद्देश्य हासिल गर्नका लागि त्यस्तो अंगमा व्यक्ति, प्रकृया, संरचना, उद्देश्य र काम समाविष्ट भएको छ भने त्यसलाई संगठन को मान्यता दिन सकिन्छ ।

प्रशासन सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि विभिन्न संगठनहरुको स्थापना गरिएको हुन्छ । यस्तो संगठनलाई विभिन्न ढंगबाट बुझ्न र औल्याउन सकिन्छ। ।

संगठनको काम कर्मचारी र भौतिक सामाग्रीलाई संरचनासँग आवद्ध गरी उद्देश्य प्राप्त गर्न हो । त्यसैले संगठनलाई संयन्त्र प्रणाली वा संस्थाको रुपमा हेर्न सकिन्छ, जुन निश्चित उद्देश्य प्राप्तिका लागि बनाइएको र व्यक्तिहरुका समूहको रुपमा रहेको हुन्छ । 

संगठन एक प्रणाली हो ("An Organisation is a system") जस अन्तर्गत जनशक्ति, स्रोत साधन र सांगठनिक संयन्त्रलाई परिचालन एवं व्यवस्थापन गरिन्छ । अर्थात मानवीय, वित्तीय र भौतिक स्रोत साधनलाई अधिकतम उपयोग र संचालन गर्ने काम संगठनको हो । 

यसरी विभिन्न स्रोतलाई परिचालन गर्ने सिलसिलामा संगठनभित्र व्यक्तिको खटनपटन, कामको बाडफाँड, जिम्मेवारी, उत्तरदायित्व र अधिकारको व्यवस्था, आदेश, निर्देशन, सुपरिवेक्षण, समन्वय, नियन्त्रणको कार्य समेत संलग्न रहेको हुन्छ ।

विभिन्न विद्वानहरुले संगठनलाई फरक फरक ढंगले परिभाषित गरेका छन । प्रसिद्ध विद्वान डुइट वाल्डोका अनुसार संरचना तथा बनावट नै संगठन हो । ("Organization is a structure")-Dwight Waldo

स्टेफेन रविन्सका अनुसार दुई वा दुई भन्दा बढी मानिसहरु रहेको र साझा लक्ष्य प्राप्तिको लागि काम गर्ने हिसाबले निर्माण गरेको सामाजिक इकाईलाई संगठन भनिन्छ । ("Oragnazation is a consciously coordinated social unit composed of two or more people that functions on a relatively continuous basis to achieve a common goal or set of goals"

Dimcok का अनुसार संगठन प्रशासकीय प्रक्रियाहरु संचालन गर्ने आधारभूत साधन (Basic Tool) हो। 

Chester Bernard  का अनुसार संरचनागत हिसावले संगठन दुई वा सो भन्दा बढी व्यक्तिहरुको सहयोगात्मक क्रियाकलापहरुको व्यवस्था हो ("Organisation is a system of cooperative activities of two or more persons")


समग्रमा भन्दा पर्दा कनै पनि संगठनमा Organism (साथसाथै मिलेर काम गर्ने) तत्व, सामाजिक अस्तित्व, निश्चित लक्ष्य र उद्देश्य, नेतृत्व अन्तर्गत कार्य संचालन काम कारवाहीको पद्धति र प्रणाली, कार्य विभाजन, सञ्चार सम्पर्क, अधिकार र दायित्वको स्पष्टता, औपचारिक तथा अनौपचारिक सम्बन्ध, संगठनको गतिशील विकास एवं विस्तार जस्ता अवयवहरु निहित हुन्छन् ।


0 Comments: