Headlines
Loading...
अर्थशास्त्र (Economics) भन्नाले के बुझिन्छ ? संक्षेपमा परिचय दिनुहोस् र एडम स्मिथद्धारा प्रस्तुत अर्थशास्त्रको परिभाषाको समीक्षा गर्नुहोस।  [ADBL-5]

अर्थशास्त्र (Economics) भन्नाले के बुझिन्छ ? संक्षेपमा परिचय दिनुहोस् र एडम स्मिथद्धारा प्रस्तुत अर्थशास्त्रको परिभाषाको समीक्षा गर्नुहोस। [ADBL-5]

अर्थशास्त्र (Economics) भन्नाले के बुझिन्छ ? संक्षेपमा परिचय दिनुहोस् र एडम स्मिथद्धारा प्रस्तुत अर्थशास्त्रको परिभाषाको समीक्षा गर्नुहोस।

what is economics, macro and micro economics,

मानिसहरुले विभिन्न आर्थिक क्रियाकलापका आधारमा आफ्ना आवश्यकता पूरा गरी सन्तुष्टि प्राप्त गर्दछन् । उक्त विभिन्न आर्थिक क्रियाकलापहरुको अध्ययन गर्ने शास्त्रलाई अर्थशास्त्र भनिन्छ । १७ औं शताब्दी तिर वाणिज्यवादीहरु (Mercantillists) ले राज्यको स्थायित्वका लागि धनको आवश्यकतामाथि जोड दिन थाले । उनीहरुले राज्यको भूमिकाको माध्यमबाट धनको अध्ययनलाई अर्थशास्त्रको प्रमुख विषयवस्तु मान्न थाले । अर्थशास्त्रलाई आधुनिक तथा वैज्ञानिक सर्वप्रथम शास्त्रीय अर्थशास्त्री (Classical Economist) एडम स्मिथ (Adam Smith) लाई जान्छ । त्यसैले उनलाई अर्थशास्त्रका पिता (Father of Economics) पनि भनिन्छ । त्यस पछि अल्फ्रेड मार्शल (Alfred Marshall), लियोनेल रबिन्स (Lionel Robbins) तथा अन्य विद्धानहरुले अर्थशास्त्रलाई व्यवस्थित ढङ्गबाट आ-आफ्नै किसिमले परिभाषित गरेका छन् ।


विभिन्न विद्वानहरुले अर्थशास्त्रलाई भिन्न भिन्न तरिकाले परिभाषित गरेको पाइन्छ।

एडम स्मिथले सर्वप्रथम १८ औं शताब्दी अर्थात् सन् १७७६ मा प्रकाशित आफ्नो पुस्तक “एन इन्क्वायरी इन टु द नेचर एन्ड कजेज अफ वेल्थ अफ नेसन" (An Enquiry in to the Nature and Causes of Wealth of Nations) , छोटकरीमा “वेल्थ अफ नेसन" (Wealth of Nations) मा अर्थशास्त्रलाई परिभाषित गरेका छन् । उनका अनुसार " अर्थशास्त्र धनको विज्ञान हो ।" (Economics is a science of wealth.) एडम स्मिथले आफ्नो परिभाषामा धनका महत्वलाई बढी जोड दिएका छन्।


एडम स्मिथको यस परिभाषालाई उनका अनुयायी जे.एस्.मिल (J.S.Mill) तथा जे.बी.से (J.B.Say) जस्ता विद्वान्हरुल समर्थन गर्दै अर्थशास्त्रले धनको अध्ययन गर्ने कुरामा जोड दिए । जे.बी.से.(J.B.Say) का अनुसार " अर्थशास्त्र कानूनका त्यो अध्ययन हो जसले धनलाई शासन गर्दछ ।” (Economics is the study of the law which governs wealth).

त्यस्तै जोन स्टुअर्ट मिल (J.S, Mill) का अनुसार “ अर्थशास्त्र मानिसहरुसँग सम्बन्धित धनको विज्ञान हा । (Economics is the science of wealth related to man) मानवीय आवश्यकता धनद्धारा मात्र पूरा गन सकिन्छ । त्यसले अथशास्त्रको अध्ययनको केन्द्रविन्द नै "धन" हो । अर्थात मानवीय सन्तुष्टिको परिपूर्ति गर्ने एक मात्र आधार हो । यस परिभाषाले मानवलाई आर्थिक र गैरआर्थिक मानवका रुपमा विभाजित गरेको छ । “आर्थिक मानव भनेको त्यस्तो व्यक्ति हो जसको जीवनको एक मात्र उद्देश्य धन कमाउन हो । गैरआर्थिक मानव त्यस्तालाई भनिन्छ जसलाइ धनमा कति पनि लालच रहँदैन ।”


एडम स्मिथले अर्थशास्त्रको सम्बन्ध खाली आर्थिक मानवसँग हुने कुरामा जोड दिन्छन् । एडम स्थिमको उपयुक्त पारभाषा निम्नलिखित कुराहरु प्रस्ट हुन्छ :

  • अर्थशास्त्रको अध्ययनको मुख्य केन्द्रबिन्दु धन हो र मानवीय सुखको एक मात्र आधार धन नै हो।
  • यस परिभाषामा मानिसको स्थान गौण रहेको छ।
  • यस परिभाषाले आर्थिक मानवको परिकल्पना गरेको छ।

यो परिभाषाले धन नै सबै थोक हो । धन कमाउनु नै मानिसको एक मात्र उद्देश्य हो भनेर धनलाई मानिसलाई भन्दा बढी महत्वपूर्ण स्थान दिएको पाइन्छ । अर्थशास्त्रका सम्बन्धमा यस्तो संकुचित परिभाषाले गर्दा अर्थशास्त्रले मानिसलाई स्वार्थी बनाउन थाल्यो भन्ने धारणा बस्न थाल्यो । यस कुरालाई पछि १९ औं शताब्दीमा कार्लाइल (Carlyle), रस्किन - (Ruskin) तथा विलियम मारिस ( William Marris) जस्ता सुधारवादी विद्वान्हरुले अर्थशास्त्रकै घोर निन्दा गर्न थाले । तिनीहरुले यसलाई “रोटी र मखनको विज्ञान" (Science of Bread and Butter) र “दुःखदायी विज्ञान" (Dismal Science) को नाम दिएर यसको आलोचना गरे । यिनीहरुको भनाइमा धन नै सबै थोक होइन । दया, धर्म, माया, प्रेम आदर्श जस्ता कुराहरु पनि मानिसका अनमोल सम्पत्ति हुन् । यी जे जस्ता समर्थन र आलोचना भए पनि अर्थशास्त्र धनको विज्ञान भएको कुरा चाहिँ आज पनि उत्तिकै सान्दर्भिक छ।

0 Comments: