Headlines
Loading...
 बैंकको उत्पत्ति तथा विकास [Origin and development of the bank]

बैंकको उत्पत्ति तथा विकास [Origin and development of the bank]

 बैंकको उत्पत्ति तथा विकास [Origin and development of the bank]

Origin and development of the bank


संक्षेपमा बैंकिङ विकास: बैंकिङ व्यवसायको उत्पत्तिको समय यकिन गर्न कठिन छ । समाजको विकास क्रमसँगै

मानिसहरु समूहमा बस्न थालेपछी उनीहरुका आवश्यकताहरु बढ्दै गए । आफुले आर्जन गरेको सम्पत्तिलाई संरक्षण गर्नु पर्ने आवश्यकता महशुस हुँदै जान थाल्यो । जसको फलस्वरुप विश्वासिला मानिसहरुलाई तरल सम्पत्ति, सुन, चाँदि आदि मूल्यवान धातुहरु सुरक्षित राख्न दिने प्रचलन सुरु भयो । पछी आएर त्यो काम विश्वासिला व्यापारिहरुले गर्न थाले । आर्थिक कारोवारको वृद्धि सँगसँगै संगठित संस्थाको आवश्यकता महशुस हुन थाल्यो । ठूला व्यापारिहरुसँग सर्वसाधारणले आफ्नो आवश्यकतानुसार सापटी समेत लिन थाले । त्यस्ता व्यापारिहरुले रकम बुझिलिए पछी कागजमा लेखेर दिन थाले जुन अहिले आएर निक्षेप भौचरको रुपमा विकास भयो । सापटी दिँदा केही रकम असुल्न थाले जुन अहिले आएर व्याजको रुपमा विकास भयो ।


सुनको व्यापार गर्ने समुदाय Gold Smith हरु पनि कालान्तरमा बजारमा आउन थाले । पछी गएर उनीहरुले जनसाधारणको विश्वास जित्न थाले । जसले गर्दा मानिसहरुले सम्पत्तिको जिम्मा उनीहरुलाई लगाउन थाले । व्यावसायिक कारोवारको वृद्धि सँगै मानिसहरुलाई पूँजीको आवश्यकता वढ्दै जान थाल्यो । फलस्वरुपः व्यवसायिक कारोवार वृद्धि हुँदै गएका स्थानमा कर्जाको माग बढी हुन जाँदा बैंकिङ संस्थाहरुको विकास हुन गयो । बैंकिङ व्यवसायको विकासलाई हेर्दा USA मा पहिला औद्योगिक विकास भयो र सोको आवश्यकता पुरा गर्नका लागि बैंकिङ व्यवसायको विकास भएको पाइन्छ । England मा भने पहिले बैंकिङ व्यवसायको विकास र पछी औद्योगिक विकास भएको पाइन्छ । प्राचिन कालमा रोममा पनि बैंकिङ कारोबारको प्रारम्भ भएको थियो ।


आधुनिक बैंकिङ प्रणालीको विकासको थालनी Genoa मा सन् ११४८ मा Casa de San Giorgio Bank को स्थापना तथा सन् ११५७ मा Bank of Vanice को स्थापनाबाट सुरु भएको पाइन्छ । त्यस्तै, सन् १४०१ मा Barcelona Bank, सन् १४०७ मा Bank of Geneva, सन् १६०९ मा Bank of Amstardam को स्थापना भएको पाइन्छ । सन् १६१९ मा German Bank of Humburgeg को Germany मा र सन् १६९४ मा Bank of England को England मा स्थापना भएको थियो । त्यस्तै सन् १७९१ मा Bank of United States को स्थापना USA मा भएको थियो जसलाई पूँजी बराबरको रकमसम्म नोट छाप्ने अधिकार समेत दिइएको थियो । यसरी विश्वमा आधुनिक बैंकिङ प्रणालीको विकास भएको पाइन्छ।


0 Comments: