Headlines
Loading...
निर्णय प्रक्रिया (Decision Making Process) भन्नाले के बुझिन्छ ? प्रकाश पार्नुहोस्  [Lok sewa Sample Questions]

निर्णय प्रक्रिया (Decision Making Process) भन्नाले के बुझिन्छ ? प्रकाश पार्नुहोस् [Lok sewa Sample Questions]

निर्णय प्रक्रिया (Decision Making Process) भन्नाले के बुझिन्छ ? प्रकाश पार्नुहोस् ।

निर्णय प्रक्रिया (Decision Making Process)


निर्णय लिने कार्य एक महत्वपूर्ण व्यवस्थापकीय तथा प्रशासनिक कार्य हो । सामान्य अर्थमा निर्णय प्रक्रिया भन्नाले व्यवस्थापनले आफ्नो उद्देश्य हासिल गर्ने सन्दर्भमा गरिने विविध कार्यहरू, योजना, नीति, कार्यक्रम आदि तर्जुमा, सोको कार्यान्वयन, अनुगमन, नियन्त्रण एवं मल्याङ्कन सम्बन्धमा कनै समस्याहरू समाधान गर्नका लागि गरिने निर्णय, उक्त निर्णय गर्दा अपनाउनु पर्ने प्रक्रिया वा कार्यविधिलाई बुझिन्छ। निर्णय लिंदा, उपलब्ध भएका विभिन्न विकल्पहरूमध्ये उपयुक्त ठहयाइएको विकल्प छनौट गरिन्छ । यसरी कुनै निश्चित उद्देश्य हासिल गर्नको लागि विभिन्न विकल्पहरूमध्ये उपयुक्त विकल्पको छनौट गर्ने कार्य तथा प्रक्रिया नै निर्णय प्रक्रिया हो। त्यसैले निर्णय प्रक्रियालाई छनौट प्रक्रिया (Process of Choice) पनि भनिन्छ। व्यवस्थापनको सर्वव्यापी अर्थात् व्यापक कार्यको रूपमा निर्णय लिने कार्यलाई लिइन्छ । व्यवस्थापनका हरेक कार्यहरू योजना, संगठन, कर्मचारी व्यवस्था, निर्देशन, समन्वय, नियन्त्रण तथा मूल्याङ्कन, बजेट व्यवस्थापन, प्रतिवेदन लगात सम्पूर्ण कार्यहरू गर्दा विविध अवस्थामा विविध निर्णयहरू गरिन्छन्। निर्णय लिने प्रक्रियालाई छनौट प्रक्रियाको पर्यायको रूपमा हेरिन्छ । छनौट (Selection) को (Alternatives सोझो सम्बन्ध रहन्छ । विकल्प नहुने कार्य तथा निर्विकल्प कार्यमा छनौटको प्रसङ्ग नै रहदैन । व्यवस्थापन क्षेत्रका कार्यहरू सामान्यतया विकल्परहित हुदैनन् । आवश्यकताहरू असीमित छन् । ती आवश्यकताहरू पूरा गर्ने साधनहरू सीमित छन् । ती सीमित साधनहरूबाट असीमित आवश्यकता पूरा गर्नको लागि उक्त साधनहरूको विवेकशील तथा वैकल्पिक उपयोग गरिनु आवश्यक हुन्छ । त्यस्तै कुनै पनि समस्या समाधान गर्ने विभिन्न वैकल्पिक उपायहरू हुन्छन् । साधन, स्रोत, समय, परिस्थिति, अनुकूल उपयुक्त एवं औचित्यपूर्ण ढंगले छनौट गरिएको विकल्प तथा लिइएको निर्णय नै प्रभावकारी निर्णय हुन्छ । निर्णय जति स्वस्थ, स्पष्ट स्वभाविक एवं प्रभावकारी हुन्छ, त्यसको कार्यान्वयन पनि उत्तिकै प्रभावकारी हुन जान्छ । प्रभावकारी निर्णय लिनको लागि सर्वप्रथम समस्याको स्पष्ट पहिचान गरी सो समस्याका कारणहरू पहिल्याउनु जरुरी हन्छ । त्यसपछि उक्त समस्या समाधान गर्नको लागि विभिन्न विकल्पहरूको खोजी तथा विकास गरी ती विकल्पहरूको व्यापक विश्लेषण गरिनुपर्छ । त्यसरी विश्लेषण गरिसकेपछि समस्याको गाम्भिर्यता तथा प्रकृति, समस्या समाधानको लागि उपलब्ध साधन, स्रोत, समय, प्रविधि एवं परिस्थिति अनुसार अनुकूल तथा उपयुक्त भए नभएको मूल्याङ्कन गरी सोही बमोजिम अनुकूल देखिएको समस्या समाधानयुक्त विकल्पको छनौट गरिनुपर्छ र सो विकल्प तथा निर्णयको

प्रभावकारी कार्यान्वयन गर्ने गराउने उपायहरू निर्धारण गरिन्छ । • वास्तवमा कुनै समस्या समाधान गर्ने सम्बन्धमा गरिने समस्या पहिचान, विकल्पहरूको विकास, विश्लेषण एवं छनौट र

सोको कार्यान्वयन सम्बन्धमा अपनाइने कार्यप्रक्रियालाई नै निर्णय प्रक्रिया भनिन्छ। 5 निर्णय प्रक्रियाका विशेषताहरु बुंदागत रुपमा संक्षेपमा उल्लेख गर्नुहोस् । निर्णय तथा निर्णय प्रक्रियामा निहित विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

निर्णय तथा निर्णय प्रक्रिया उद्देश्यमूलक हुन्छ । कुनै पनि समस्या समाधान गर्ने उद्देश्यले नै कुनै निर्णय गरिन्छ । यो एक महत्वपूर्ण व्यवस्थापकीय कार्य हो। यसले विकल्पहरूको समूहलाई संकेत गर्दछ । निर्णय प्रक्रिया भनेकै विभिन्न विकल्पहरूमध्ये उपयुक्त विकल्पको छनोट प्रक्रिया हो । यो एक गतिशील प्रक्रिया (Dynamic Process) हो। यो सदैव वातावरण (Environment) संग सम्बन्धित हुन्छ । यो निरन्तर चलिरहने प्रक्रिया (Continuous or Ongoing Process) हो । निर्णय लिने प्रक्रिया एक वौद्धिक तथा विवेकशील प्रक्रिया हो । निर्णय लिंदा समस्याको पहिचान तथा विश्लेषण पर समस्या समाधानको लागि विभिन्न विकल्पहरूको विकास र तिनीहरूको विश्लेषण तथा मूल्याङ्कन गरा ठहऱ्याइएको विकल्प छनौट गरी कार्यान्वयन गरिन्छ ।


0 Comments: