Headlines
Loading...
बैंकको परिचय  [Introduction of the bank] [Loksewa]

बैंकको परिचय [Introduction of the bank] [Loksewa]

बैंकको परिचय

बैंकको परिचय [Introduction of Bank], Loksewa, loksewa questions


Bank इटालियन भाषाको Banco बाट विकसित भएको शब्द हो । जसको अर्थ बेन्च हुन्छ । जहाँ प्राचीनकालका सराफी तथा Gold Smith हरु पैसा राखेर गन्ने तथा लेनदेनको कारोवार गर्दथे । त्यसैले पछी आएर रुपैंया कारोवार गर्ने ठाउँलाई Bank भन्न थालियो ।

ऋपैसा जिम्मा लिने, ऋण लगानी गर्ने, चेक सटही गर्ने, नगद स्थानान्तरण गर्ने तथा साखको सिर्जना गर्ने वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुसँग छरिएर रहेको बचतलाई निक्षेपको रुपमा संकलन गरी आवश्यक पर्ने व्यक्ति वा संस्थालाई ऋण उपलब्ध गराउने मध्यस्थकर्ताको कार्य गर्छ । निक्षेपको रुपमा संकलित रकममा बैंकले निश्चित प्रतिशत व्याज उपलब्ध गराउँछ भने ऋणमा व्याज लिने काम गर्छ ।


Oxford Dictionary of Business, Second edition ले Bank को परिभाषा "A commercial institution licensed as a taker of deposits. Banks are concerned mainly with making and receiving payments on behalf of their customers, accepting deposits, and making short term loans to private individuals, companies, and other organizations." भनि दिएको छ ।


G.Crowther का अनुसार "A bank is an institution which collects money from those who have it spare or who are saving it out of their income and lends this out to those who require." बैंक एउटा त्यस्तो संस्था हो जसले ग्राहकसँग भएको अतिरिक्त धन सङ्कलन गर्ने र सोबाट आवश्यक पर्नेलाई सापटी प्रदान गरी आफ्नो आय स्रोत बढाउँछ ।

0 Comments: