Headlines
Loading...
मद्रा बजार (Money Market) - मुद्रा बजार (Money Market) को परिचय

मद्रा बजार (Money Market) - मुद्रा बजार (Money Market) को परिचय

मुद्रा बजार र पूँजी बजार (Money market and capital market)

मद्रा बजार (Money Market)

मुद्रा बजार र पुजी बजार बिच भिन्नता, मुद्रा भनेको के हो,	 वित्तीय बजार भनेको के हो,	 बजारका प्रकार,	 मुद्रा बाजार के उपकरण,	 पुजी बजार भनेको के हो,	 मुद्रा बजार र पुजी बजार बिच फरक,	 पूंजी बजार,



मुद्रा बजार (Money Market) को परिचय

  • अल्पकालीन वित्तीय उपकरणहरू खरिद-बिक्री (लेनदेन) हुने बजारलाई मुद्रा बजार भनिन्छ ।
  • मुद्रा बजारमा अल्पकालीन ऋणयोग्य कारोवार मात्र गरिन्छन् ।
  • मुद्रा बजारमा विशेषतः सन्निकट मुद्राहरूको कारोबार गरिन्छ । त्यसकारण उक्त बजार अन्तर्गत ट्रेजरी बिल, विनिमय बिल, बचत पत्र जस्ता तरलताका विशेषता सम्पन्न सन्निकट मुद्राहरू लेनदेन भइरहेका हुन्छन् ।
  • अतः मुद्रा बजारमा कारोवार गरिने वित्तीय साधनहरूको परिपक्वता अवधि एक वर्ष अथवा सोभन्दा पनि कम रहन्छ ।
  • प्रोफेसर क्राउथरका अनुसार “सन्निकट मुद्रालाई विभिन्न स्तरमा कारोवार गर्ने विभिन्न संस्थाहरूको सामूहिक नाम नै मुद्रा बजार हो ।" (A collective name given to the verious forms and institutions that deal with the verious grades of near money.)
  • प्रोफेसर कलबर्टसनका अनुसार “अर्थतन्त्रमा समान कार्य गर्ने वित्तीय साधनहरू कारोवार गर्ने र धारकहरूको दृष्टिमा केही हदसम्म प्रतिस्थापन गर्ने सामूहिक वित्तीय बजारको जालतन्त्रलाई नै मुद्रा बजार भनिन्छ ।”
  • मुद्रा बजारलाई संक्षेपमा निम्नानुसार बुझ्न सकिन्छ :

  1. मुद्रा बजारमा वाणिज्य बैंकहरू, डिस्काउन्ट गृहहरू, स्वीकृति गृहहरू तथा बिल दलालहरू
  2. क्रियाशील रहन्छन् ।
  3. मुद्रा बजारमा मूलतः सन्निकट मुद्राहरू जस्तै : ट्रेजरी बिल, विनिमय बिल, बचतपत्र जस्ता तरल
  4. सम्पत्तिहरू कारोबार गरिन्छन् ।
  5. मुद्रा बजारले केवल अल्पकालीन ऋणको आवश्यकतालाई मात्र पूरा गर्न सक्तछ ।


मुद्रा बजारका अंगहरू

मुद्रा बजारमा अल्पकालीन ऋण कारोबार गर्ने विभिन्न किसिमका वित्तीय संस्थाहरू यसका अंगहरू हुन् । त्यस प्रकारका संस्थाहरू निम्नानुसार रहेका हुन्छन् :

  • केन्द्रीय बैंक
  • वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरू
  • गैरबैंकिङ वित्तीय मध्यस्थ संस्थाहरू
  • डिस्काउन्ट गृह तथा बिल दलालहरू
  • स्वीकृति गृहन


मुद्रा बजारका साधन/उपकरणहरू

मुद्रा बजारमा देहाय बमोजिमका साधन/उपकरणहरू क्रियाशील भइरहेका हुन्छन् :

  • बचतपत्र
  • विनिमय बिल
  • ट्रेजरी बिल
  • आहृवान तथा सूचित मुद्रा
  • अन्तरबैंक आवधिक बजार
  • निक्षेप प्रमाणपत्र
  • अल्पकालको धितो सुरक्षण ऋण
  • सरकारी बोन्ड

मुद्रा बजारको महत्व

  • क्रियाशील पूँजी आवश्यक परिरहेका व्यवसायी तथा निजी संघसंस्थाहरूलाई अल्पकालिन पूँजी उपलब्ध गराउँछ,
  • बैंक तथा वित्तीय संस्थाहरूमा रहने बचत कोषलाई अल्पकालिन परिचालनका अवसरहरू प्रदान गर्दछ,
  • बैंकिङ सापटीको विकल्प प्रदान गर्दछ,
  • सरकारलाई ट्रेजरी बिलका आधारमा अल्पकालीन ऋण सापटी कम व्याजदरमा उपलब्ध गराउँछ,
  • मौद्रिक नीति कार्यान्वयनमा सहयोग, र वित्तीय गतिशीलता ल्याउँदछ,
  • तरलता र सुरक्षालाई प्रोत्साहन,
  • ऋणयोग्य कोषको माग तथा पूर्तीबीच सन्तुलन कायम गर्न सहयोग पुयाउँछ,
  • नगद उपयोगमा मितव्ययिता ल्याउँदछ ।

 


0 Comments: