Headlines
Loading...
लेखा-अभिलेखनको अर्थ तथा अवधारणा (Meaning and Concept of Book-keeping)

लेखा-अभिलेखनको अर्थ तथा अवधारणा (Meaning and Concept of Book-keeping)



अङ्ंग्रेजी भाषाको दुईवटा शब्दको योगबाट बनेको छ, क्रमशः Book Keeping Book भन्नाले व्यावसायिक वा गैरव्यावसायिक संस्था को खातापाता भन्ने बुझिन्छ भने Keeping भन्नाले राख्नु भन्ने बुझिन्छ । तसर्थ लेखा-अभिलेखन भन्नाले कनै पनि व्यावसायिक वा गैरव्यावसायिक संस्थामा भए गरेका आर्थिक कारोबारहरुलाई लेखा पुस्तिकाहरुमा अभिलेख राख्ने कार्य हो ।

व्यावसायिक वा गैरव्यावसायिक संस्थामा भए गरेका आर्थिक कारोबारहरुलाई लेखा पुस्तिकाहरुमा अभिलेख राख्ने कार्य हो ।
लेखा अभिलेखनका सम्बन्धमा विभिन्न विद्धानहरुले तथा संस्थाहरुले आ-आफनै किसिमले विभिन्न परिभाषाहरू दिएको पाइन्छ।

AN carter का अनुसार “मुद्रा वा मद्राको मल्य हस्तान्तरणसम्बन्धी सम्पर्ण व्यावसायिक कारोबारहरूलाई सही किसिमबाट लेखाका बहीहरूमा अभिलेख गर्ने विज्ञान वा कला नै लेखा-अभिलेखन हो।"

("Book-keeping is the science and art of correctly recording in the books of accounts all those business transactions that result in the transfer of money or money's worth. )


A.H. Rosenkainpff का अनुसार “सव्यवस्थित रूपमा व्यावसायिक कारोबारहरूको अभिलेख राख्ने कला नै लेखाअभिलेखन हो।"

According to A.H. Rosenkainpff "Book keeping is the art of recording business transactions in a systematic manner."

Webster's New World Dictionary मा “व्यावसायिक कारोबारहरूको सुव्यवस्थित अभिलेख राख्ने कार्यलाई लेखा-अभिलेखन भनिन्छ” भनेर परिभाषित गरिएको छ।

According to Webster's New World Dictionary "The work of keeping a systematic record of business transactions is Book-keeping."

_ Kohlers' Dictionary for Accounts का अनुसार “निम्न उद्देश्यहरू प्राप्त गर्नका लागि पूर्वनिर्धारित योजनाअनुसार आर्थिक कारोबारहरूको विश्लेषण, वर्गीकरण र अभिलेखनसम्बन्धी प्रक्रिया नै लेखा-अभिलेखन हो - एउटा उद्यम सामान्यरूपमा सञ्चालन गर्नका लागि एउटा आधार प्रस्तुत गर्ने, एउटा उद्यममा भएका आर्थिक गतिविधिहरूको अभिलेख राख्न र आर्थिक कारोबारहरू तथा व्यवसाय सञ्चालनको परिणामको जानकारी गराउन एउटा आधार स्थापना गर्ने ।”

According to Kohlers' Dictionary for Accounts "The process of analyzing, classifying and recording transactions in accordance with a preconceived plan for the purpose of: (a) Providing a means by which an enterprise may be conducted in an ordinary fashion, and Establishing a basis for recording and reporting the financial affairs of the enterprise and the results of its operation."

J.R. Battliboi का अनुसार "लेखा-अभिलेखन भनेको सम्बन्धित पस्तिकामा व्यावसायिक कारोबारहरूको अभिलेख राख्ने कला हो।"

According to J.R. Battliboi "Book-keeping is the art of recording business transactions in a set of books."

यसरी माथि उल्लेखित परिभाषाअनुसार लेखा-अभिलेखन कला र विज्ञान दबै हो । विज्ञान कनै ज्ञान-विशेष करा हो भने कला कुनै कार्य गर्ने तरिका वा विधि हो । यसर्थ लेखाको सिद्धान्तहरू विज्ञान हो भने कारोबारहरूको अभिलेख राख्ने कार्य कला हो । लेखा-अभिलेखन सम्पूर्ण रूपमा व्यापारिक वा गैरव्यापारिक संस्थाका आर्थिक कारोबारहरूलाई व्यवस्थित तरिकाबाट लेखा किताबहरूमा अभिलेख राख्ने विज्ञान वा कला हो।



लेखाको अर्थ तथा अवधारणा (Meanina and Concept of Accounting)

लेखालाई व्यवसायको भाषा मानिन्छ किनभने यसले व्यवसायसँग सम्बद्ध व्यावसायिक संगठनभित्र र बाहिरका पक्षहरू जस्तो व्यवस्थापक, मालिक, लगानीकर्ता, निर्णयकर्ता, सरकार आदिलाई व्यवसायको आर्थिक गतिविधि र आर्थिक अवस्थाको बारेमा जानकारी उपलब्ध गराउँछ । लेखाविधि वा कार्य भनेको वास्तवमा व्यावसायिक कारोबारहरूलाई वित्तीय वा मौद्रिक शब्दमा विश्लेषण गर्ने, वर्गीकरण गर्ने तथा व्याख्या गर्ने प्रक्रिया हो ।

लेखाको अर्थ तथा अवधारणाका सम्बन्धमा विभिन्न विद्वानहरू तथा संस्थाहरूले आ-आफनो परिभाषा प्रस्तुत गरेका छन् । लेखाको अवधारणाका सम्बन्धमा अरू बढी स्पष्ट पार्नका लागि केही महत्त्वपूर्ण परिभाषाहरू तल दिइएका छन्

प्रानो विचार वा संकचित विचारधाराअनुसार American Institute of Certified Public Accounts ले लेखाको परिभाषा निम्नानुसार दिएको छ:

"The art of recording, classifying and summarizing in a significant manner and in terms of money transactions and events which are, in part at least, of a financial character and interpreting the results there of."

_ "लेखा भनेको आर्थिक कारोबार तथा घटनाहरूको महत्त्वपूर्ण ढङ्गले मुद्रामा अभिलेख राख्ने, वर्गीकरण गर्ने तथा सारांश निकाल्ने र वित्तीय विशेषतायुक्त आर्थिक कारोबारहरूको व्याख्या गरी त्यसको परिणाम प्रस्तुत गर्ने कला हो।"

आधुनिक वा व्यापक विचारधाराअनुसार American Accounting Association ले लेखालाई परिभाषित गरेको छ.

"लेखाविधि भनेको आर्थिक सूचनाहरूको पहिचान गर्ने, मापन गर्ने र सञ्चार गर्ने तथा ती सूचनाका प्रयोगकर्ताहरूलाई उचित मूल्यांकन गर्ने वा निर्णय लिन अनुमति दिने प्रक्रिया हो ।”

"Accounting is the process of identifying, measuring and communicating economic information to permit informed judgment and decisions by users of the information."

R.N. Anthony का शब्दमा “व्यवसायसम्बन्धी सूचनालाई मौद्रिक रूपमा संकलन, सारांशीकरण, विश्लेषण र प्रतिवेदन गर्ने माध्यम लेखा पद्धति हो।"

"Accounting system is a means of collecting, summarizing, analyzing and reporting in monetary terms the information of the business."

Bierman and Derbin का अनुसार “लेखालाई वित्तीय सूचनाहरूको पहिचान, मापन, अभिलेख तथा सञ्चारको रूपमा परिभाषित गर्न सकिन्छ ।

"Accounting may be defined as the identifying, measuring, recording and communicating of financial information."

यसरी माथिका परिभाषाहरूबाट यो स्पष्ट हुन्छ कि लेखा आर्थिक प्रकतिका कारोबारहरूको व्यवस्थित तरिकाबाट अभिलेखबद्ध गर्ने विज्ञान हो र उक्त कारोबारहरूको विश्लेषण तथा व्याख्या गर्ने कला पनि हो । निष्कर्षमा लेखा प्रक्रिया वा विधिमा निम्न कार्यहरू संलग्न भएका हन्छन

आर्थिक कारोबारहरूको व्यवस्थित ढङ्गले अभिलेख राख्ने कार्य, विभिन्न वित्तीय विवरणहरूको तयारीसम्बन्धी कार्य जस्तैः Income statement, Balance Sheet, Statement of changes in financial position आदि आर्थिक विवरणहरूको तयारी कार्य, वित्तीय विवरणहरूको विश्लेषण तथा व्याख्या, भावी कार्यक्रम तर्जमा गर्न तथा महत्त्वपूर्ण निर्णय लिने प्रयोजनका लागि सम्बद्ध पक्षहरूलाई विश्लेषण र व्याख्याबाट प्राप्त परिणामहरू सूचित गर्ने कार्य।


 


0 Comments: