
नेपालको राजनीति (Politics of Nepal)
नेपालको राजनीति (Politics of Nepal):
नेपाली कांग्रेस र २००७ सालको क्रान्ति :
- अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको स्थापना वि.सं. २००३ कात्तिक १५ (अक्टोबर १९४६) मा बनारस । सभापति देवीप्रसाद सापकोटा ।
- नेपाली राष्ट्रिय कांग्रेस :
- नेपाली राष्ट्रिय कांग्रेसको स्थापना वि.सं. २००३ माघ १३ मा भएको हो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको २००३ माघ १२ र १३ गते कलकत्तामा भएको अधिवेशनले अखिल भारतीय शब्द हटाएर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको हो।
- यसका सभापति काठमाडौं जेलमा रहेका टंकप्रसाद आचार्य र कार्यकारी सभापति वीपी कोइराला रहेको थियो । यसको मूल उद्देश्य राजाको वैधानिक नायकत्वमा जनताप्रति उत्तरदायी शासन स्थापना गर्नु र रणनीति सशस्त्र आन्दोलन गर्नु रहेको थियो।
- नेपाली प्रजातान्त्रिक कांग्रेस :
- यसको स्थापना वि.सं. २००५ भदौ २० गते भएको थियो । पहिलो अध्यक्ष महेन्द्रविक्रम शाह थिए।
- वास्तविक संस्थापक 'सी' श्रेणीका निष्काशित राणाहरु स्वर्णशमशेर र महावीरशमशेर रहेका थिए ।
- सुवर्ण र महावीर शमशेर भीमशमशेरका नाति थिए । भीमशमशेरले यी दुवैजनालाई रोलवाला
- राणाहरुकै क्रममा राखेको भए तापनि जुद्धशमशेरले पछि हटाइदिएका थिए।
- राणा शासन समाप्त गरी प्रजातान्त्रिक शासन स्थापना गर्ने यसको मुख्य उद्देश्य रहेको थियो । वालिग मताधिकारको आधारमा संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्ने यस पार्टीको मुख्य धारणा थियो । अहिंसात्मक आन्दोलन यसको रणनीति रहेको थियो । यसको प्रधान कार्यालय पहिले कलकत्तामा रही पछि पटनामा सारिएको थियो ।
• नेपाली कांग्रेस, २००६ :
नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेसको संयुक्त सम्मेलन वि.सं. २००६ चैत २७ मा कलकत्तामा भएको थियो । सोही सम्मेलनले दुवै कांग्रेस एकीकरण भई २००६ चैत २७ मा नेपाली कांग्रेसको स्थापना भएको थियो । नेपाली कांग्रेसले वि.सं. २०११, २०१४ र २०४२ मा सत्याग्रह गरेको थियो। -
विराटनगर जुट मिलमा मजदुर हड्ताल :
• वि.सं. २००३ फागुन २१ गते विराटनगर जुट मिलमा मजदुर हड्ताल प्रारम्भ भएको थियो । सोही दिन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुर युनियनको गठन भयो।
• नेपाली राष्ट्रिय कांग्रेसले मजदुर हड्तालमा पक्राउ परेकाहरुको रिहाईको माग राख्दै वि.सं. २००४ वैशाख ०१ गतेदेखि सत्याग्रह प्रारम्भ गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी, २००६ :
• पुष्पलाल श्रेष्ठको अगुवाइमा वि.सं. २००६ वैशाख १० गते कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वि.सं. २००६ भदौ ३० मा कलकत्तामा पार्टीको केन्द्रिय संगठन कमिटिको स्थापना भयो । प्रथम महासचिव पुष्पलाल श्रेष्ठ थियो । पुष्पलाल श्रेष्ठ शहिद गंगालाल श्रेष्ठका भाइ हुन् ।
- वि.सं. २००७ सालको क्रान्ति :
•वि.सं. २००७ असोज १० र ११ गते रौतहट नजिकै भारतको वैरगनीयामा नेपाली कांग्रेसको सम्मेलन भएको थियो । उक्त सम्मेलनले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो। जुन मातृकाप्रसाद कोइरालाको नेतृत्वमा भएको थियो । यो क्रान्ति वि.सं. २००७ कात्तिक २५ गतेदेखि सुरु भयो।
लडाकु तथा हतियार व्यवस्थापन :
•थिरबम मल्लको नेतृत्वमा मुक्ति सेनाको गठन गरियो । वीपीले हतियार ल्याउने व्यवस्था बर्मेली सरकारसँग मिलाएको थियो । पछि सुवर्ण शमशेरका भाञ्जा थिरवम मल्ल र भारतीय युवा भोला चटर्जी हतियार लिन बर्मा गएका थिए।
• नेपाली सेनामा राणाहरुको अत्याधिक प्रभाव रहेको हुनाले मुक्ति सेनालाई विघटन नगरी रक्षदलमा परिवर्तन गरियो । पछि यसलाई विघटन गरी नेपाल प्रहरीमा समायोजन गरिएको थियो।
• क्रान्तिको पहिलो शहिद थीरवम मल्ल हुन् । यही स्मरणमा क्रान्ति दिवस कात्तिक २६ गते मनाइन्छ ।
• राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना वि.सं. २००७ फागुन ०७ गते भएको हो। -
जिम्मेवारी बाँडफाँड :
• क्रान्तिको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरेका थिए।
• पूर्वी नेपालको मुख्य कमाण्डर वीपी कोइराला थिए।
• पश्चिम नेपालको मुख्य कमाण्डर महेन्द्रविक्रम शाह थिए ।
• पूर्व र पश्चिम दुवै मोर्चा समन्वय गर्ने कमाण्डर सुवर्णशमशेर थिए।
0 Comments: