Headlines
Loading...
पूँजी बजार (Capital Market)

पूँजी बजार (Capital Market)

पूँजी बजार (Capital Market)

पूँजी बजार (Capital Market), sarkari jagir, lok sewa questions,


पूँजी बजारको परिचय

  • पूँजी बजार भनेको दीर्घकालीन कर्जा तथा सेक्युरिटिज कारोबार हुने बजार हो ।
  • पूँजी बजारले उद्योगधन्दाहरूको लागि उत्पादकीय पूँजी र सरकारका लागि आवश्यक मध्यकालीन तथा दीर्घकालीन ऋण सहायता उपलब्ध गराउँछ ।
  • यस्तो बजारभित्र कम्पनीको अंश तथा ऋणपत्रहरू, सरकारी सुरक्षण र विलपत्रहरू एवम् सामान्य धितोपत्रहरू, बन्धक पत्रहरू, सरकारी विकास ऋणपत्रहरू, व्यावसायिक ऋणपत्रहरू आदिको कारोवार हने गर्दछ ।
  • प्राध्यापक D.G.Luckett का अनुसार “पूँजी बजार भनेको यसको नामले निर्दिष्ट गरे अनुरुप पूँजी कोषको बजार हो । यथार्थमा भन्नु पर्दा, पूँजी बजारले दीर्घकालीन कर्जा वा स्वलगानी दायित्व भएका
  • कुनै पनि कारोवारलाई समेट्दछ ।”
  • प्राध्यापक J.L.Hanse को भनाईमा “पूँजी बजार भनेको मध्यकालीन र दीर्घकालीन कर्जाको बजार हो ।”
  • पूँजी बजारमा दीर्घकालीन तथा मध्यमकालीन अवधिका वित्तीय साधनहरूको कारोवार गरिने हुँदा पूँजी बजारले दीर्घकालीन ऋणयोग्य कोष माग गर्ने व्यक्ति अथवा संघसंस्थाहरूबीच पुलको भूमिका प्रदान गर्छ,,
  • वित्तीय साधनहरूको परिपक्वता अवधि कमसेकम एक वर्षभन्दा ज्यादा रहेका वित्तीय साधनहरू मात्र
  • पूँजी बजारभित्र परिचालित हुन सक्तछन्,
  • पूँजी बजारले अर्थतन्त्रका दुवै क्षेत्र निजी तथा सार्वजनिक क्षेत्रको बचत परिचालन गर्ने तथा त्यस्ता दुवै
  • क्षेत्रमा कार्यरत रहने व्यक्ति तथा संघसंस्थाहरूलाई आवश्यक पर्ने दीर्घकालीन ऋण सापटी उपलब्ध
  • गराउँछ ।


पूँजी बजारका अंगहरू

मध्यकालीन तथा दीर्घकालीन ऋण कारोबार गर्ने वित्तीय संघसंस्थाहरू पूँजी बजारका अंगहरू हुन् । त्यस प्रकारका अंगहरू निम्नानुसार रहेका हुन्छन् : -

  • स्टक एक्सचेञ्ज,
  • सूचीकृत कम्पनी,
  • मर्चेण्ट बैंकर,
  • म्युचुअल फण्ड,
  • धितोपत्र दलाल,
  • सिडिएस,
  • निक्षेप सदस्य,
  • क्रेडिट रेटिङ्ग एजेन्सी,
  • वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरू,
  • लगानी कम्पनीहरू,
  • सामूहिक बचत कोष,
  • निजी लगानीकर्ता आदि ।


पूँजी बजारका विशेषताहरू

  • यो दिर्घकालीन कारोवारको बजार हो ।
  • यस्तो बजारभित्र कम्पनीको अंश तथा ऋणपत्रहरू, सरकारी सुरक्षण र बिलपत्रहरू एवम् सामान्य
  • धितोपत्रहरू आदिहरूको कारोवार हुने गर्दछ ।
  • यो मध्यकालीन तथा दिर्घकालीन कर्जाको बजार हो ।
  • विभिन्न स्रोतहरूबाट कोष प्राप्त गरी कृषि, व्यापार, उद्योग तथा सरकार आदि विभिन्न क्षेत्रको निमित्त
  • मध्यकालीन र दीर्घकालीन कर्जा उपलब्ध गराउने बजार हो ।
  • पूँजी बजारले दीर्घकालीन कर्जा वा स्व-लगानी दायित्व भएका कुनै पनि कारोवारलाई समेट्दछ ।


पूँजी बजारका साधन/उपकरणहरू

  • कर्पोरेट स्टक (Corporate Stock)
  • बन्धकी (Moortageges)
  • सरकारी सेक्युरिटीहरू (Government Securities)
  • वाणिज्य तथा उपभोक्ता ऋण (Commercial and consumer loans)
  • बैदेशिक बोन्ड(Foreign Bonds)


नेपालको पूँजी बजार सम्बन्धी तथ्यांक (नेपाल राष्ट्र बैंकबाट प्रकाशित आ.व.२०७६/०७७ को वार्षिक (२०७७ असार मसान्त) को तथ्याङ्कमा आधारित)

  • २०७६ असार मसान्तमा १२५९ विन्दु रहेको नेप्से सूचकाङ्क २०७७ असारमा १३६२.४ विन्दु पुगेको छ। २०७७ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड पुगेकोछ। २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०७६ असार मसान्तमा ४५.३ प्रतिशत रहेकोमा २०७७ असार मसान्तमा ४७.६ प्रतिशत पुगेको छ।
  • म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत
  • कम्पनीहरुमध्ये १४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो।
  • सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको
  • हिस्सा ७८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.३ प्रतिशत रहेको छ।
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असारसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.४७३ अर्ब ३९ करोड रहेको छ।
  • आर्थिक वर्ष २०७६/७७ मा रु.३१ अर्ब ९४ करोड बराबरको डिबेन्चर, रु.२८ अर्ब १५ करोड बराबरको बोनस शेयर, रु.१३ अर्ब ६४ करोड बराबरको साधारण शेयर, रु. ५ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ६९ करोड बराबरको हकप्रद शेयर र रु.१५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल रु. ९९ अर्ब ३० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
  • समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु.४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ९९ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड गरी रु.३३ अर्ब ६६ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ।


0 Comments: