Headlines
Loading...
Decision Making Process [Sample Questions निर्णय लिने प्रक्रियाका तहहरु अर्थात चरणहरुको बारेमा उल्लेख गर्नुहोस् । ] Loksewa

Decision Making Process [Sample Questions निर्णय लिने प्रक्रियाका तहहरु अर्थात चरणहरुको बारेमा उल्लेख गर्नुहोस् । ] Loksewa

निर्णय लिने प्रक्रियाका तहहरु अर्थात चरणहरुको बारेमा उल्लेख गर्नुहोस् । Decision Making Process [Sample Questions

 

निर्णय लिने प्रक्रियाका तहहरु अर्थात चरणहरुको बारेमा उल्लेख गर्नुहोस् । Decision Making Process

विषयवस्तुको सम्बन्धमा अर्थात् कुनै समस्याको समाधानको सम्बन्धमा आवश्यक निर्णय गर्दा उचित एवं प्रभावकारी सको लागि क्रमबद्ध रूपमा विविध चरणहरू पार गर्नु पर्ने हुन्छ । तिनै चरणहरूलाई निर्णय प्रक्रियाका तहहरू भनिन्छ जसको विवेचना निम्नानुसार गरिएको छ :


समस्याको पहिचान (Identification of the Problem) :

यो निर्णय प्रक्रियाको प्रथम चरण हो । निर्णयकर्ताले कुनै विषयमा निर्णय गर्नु अधि वास्तविक समस्या के हो त्यसको पहिचान गर्न आवश्यक हुन्छ । समस्या पहिचान नै निर्णयका लागि झण्डै आधा बाटो तय गर्नु अर्थात् आधा समस्या समाधान गर्नु हो भनिन्छ । समस्या पहिचान गर्दा त्यसको प्रकृति, जाम्भिर्यता, स्रोत आदिको सम्बन्धमा स्पष्ट निर्योल गरिनु पर्दछ।

समस्याको विश्लेषण (Analysis of the Problem):

निर्णय प्रक्रियामा समस्याको विश्लेषण दोस्रो महत्वपूर्ण चरण हो। वास्तविक समस्याको पहिचान भैसकेपछि उक्त समस्यालाई विश्लेषण गरिनुपर्छ । समस्याका कारणहरू के के हुन् ? समस्या आफ्नो पहुँच भित्रको हो वा पहुँच बाहिरको हो ? अर्थात् आन्तरिक वातावरणबाट सृजित समस्या हो वा वाह्य वातावरणबाट सृजित समस्या हो ? त्यसबाट के के परिणामहरू आउन सक्छन् ? के कसरी, कहिले, उक्त समस्या समाधान गर्न सकिन्छ भन्ने सम्बन्धमा समस्याको व्यापक विश्लेषण हुनु जरुरी हुन्छ।

सूचना संकलन (Collection of Information):

सूचना संकलन निर्णय प्रक्रियाको अर्को महत्वपूर्ण चरण हो । समस्याको पहिचान तथा विश्लेषण भैसकेपछि सो समस्या समाधानको लागि त्यससंग सम्बन्धित तथा आवश्यक पर्ने सूचनाहरू संकलन गरिनु पर्छ । त्यसको लागि सूचना संकलन सम्बन्धी उपयुक्त विधि अवलम्बन गरी मितव्ययी एवं प्रभावकारी रूपमा पर्याप्त सूचना, तथ्याङ्क तथा जानकारी प्राप्त गर्नु जरुरी हुन्छ ।

विकल्पहरूको विकास तथा मूल्याङ्कन (Development and Evaluation of Alternatives):

विकल्पहरूको विकास तथा मूल्याङ्कन निर्णय प्रक्रियाको चौथो चरण हो । कुनै पनि समस्या समाधानका लागि विभिन्न विकल्पहरू हुन सक्छन् । त्यस्ता सम्भावित विकल्पहरूको खोजी गर्नुपर्छ । त्यसको लागि सम्बन्धित कर्मचारीहरू, विशेषज्ञहरू, संगठनभित्रको व्यवस्थापन सूचना प्रणाली ९:बलबनझभलत लायकबतष्यल क्थकतझ०, सम्बन्धितहरूसंगको छलफल, वैचारिक आदानप्रदान, राय सल्लाह तथा सेवा लिनु उपयुक्त हुन्छ । विभिन्न विकल्पहरूको विकास गरिसकेपछि आफ्नो व्यवस्थापनको लक्ष्य, नीति, उपलब्ध स्रोत, साधन, समय तथा परिस्थिति जस्ता महत्वपूर्ण विषयहरूलाई ध्यान दिई उक्त विकल्पहरूको विश्लेषण गर्नुका साथै उपयुक्त प्रविधि तथा सिद्धान्तको आधारमा ती विकल्पहरूको मूल्याङ्कन गर्नुपर्छ

सर्वोत्तम विकल्पको छनौट (Selection of the Best Alternative):

प्रत्येक विकल्पको विश्लेषण तथा मूल्याङ्कन पश्चात् जन निष्कर्ष निस्कन्छ, त्यसको आधारमा उपयुक्त ठहरिएको विकल्प छनौट गर्नु निर्णय प्रक्रियाको अर्को महत्वपूर्ण चरण हो। उपयक्त विकल्प छनौट गर्दा प्रायः अपेक्षाकृत रूपमा बढी लाभदायक, साधन र स्रोतको प्रभावकारी उपयोग हुन सक्ने व्यवस्थापनको लक्ष्य, साधन, समय, जनशक्ति आदि दृष्टिकोण अर्थात् अर्को शब्दमा भन्ने हो भने आर्थिक, सामाजिक, प्राविधिक, व्यवस्थापकीय तथा वातावरणीय दृष्टिले उपयुक्त एवं प्रभावकारी ठहरिएको विकल्प छनौट गारनुपछ । यस चरणमा जुन विकल्प छनौट गरिएको हुन्छ, त्यो नै वास्तविक निर्णय हुन जान्छ।

निर्णय कार्यान्वयन (Implementation of the Selected Alternative):

निर्णय प्रक्रियाको अर्को महत्वपूर्ण चरण यसको कार्यान्वयन हो। समस्या पहिचान गरी त्यसको समाधानका विभिन्न विकल्पहरू विकास र विश्लेषण गरी सर्वोत्तम विकल्प छनौट गरेर मात्र निर्णय कार्य समाप्त हुँदैन । निर्णयलाई कार्यमा परिणत गरेपछि मात्र वास्तवमा निर्णय गर्ने प्रक्रियाले महत्व पाएको मानिन्छ।

निर्णयको मूल्याङन (Evaluation of Decesion):

निर्णय प्रकृयाको अन्तिम चरण यसको मूल्याङ्कन हो । निर्णय कायान्वयनको सम्बन्धमा देखिएका कमी कमजोरीहरुको विश्लेषण, निर्णय कार्यान्वयनबाट गरिएको अपेक्षा र उपललित बाचको तलना. निर्णयको कार्यान्वयनबाट परेका प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु र निर्णय व्यवस्थापनमा प्राप्त उप

पाषण आदि निर्णयको मुल्याङ्कनसँग सम्बन्धित पक्षहरु हुन् । निर्णयको प्रभावकारिताको लागि निर्णय मल्यावर उचित व्यवस्था निर्णय प्रकयाको अपरिहार्य तत्व मानिन्छ।


0 Comments: