Headlines
Loading...
लेखाशास्त्रको महत्त्व र उपयोगिता [Importance and Scope or Utility of Accounting]

लेखाशास्त्रको महत्त्व र उपयोगिता [Importance and Scope or Utility of Accounting]

लेखाशास्त्रको महत्त्व र उपयोगिता [Importance and Scope or Utility of Accounting]


लेखाशास्त्रको महत्त्व तथा फाइदाहरू (Importance and Advantages of Accounting)

स्मरणलाई प्रतिस्थापन गर्न सहयोग गर्दछ (Facilitates to replace memory):

व्यवसायिक कारावारहरू असंख्य, विभिन्न तथा जटिल हुन्छन् जसको परिणाम स्वरुप ती सम्पूर्ण कारोवारहरूलाई कसैले पनि स्मरणमा राख्न सक्दैन। तसर्थ लेखाविधिले मानव मस्तिष्कको रुपमा ती सम्पूर्ण कारोवारहरूलाई व्यवस्थित तथा पूर्ण अभिलेख राख्दछ ।


कागजी प्रमाण (Documentary evidence) :

विवादहरू समाधान गर्नको लागि लेखा अभिलेखहरूलाई कानुनी प्रमाणको रुपमा अदालतमा समेत पेश गर्न सकिन्छ । प्रत्येक प्रविष्टिहरूमा आधिकारिक भौचर संलग्न हुन्छन् जसलाई अदालतले प्रमाणको रुपमा स्वीकार गर्दछ।


खुद नाफा तथा नोक्सान गणना गर्न सजिलो (Facilitates to calculate net profit or loss) :

कारोवारहरूको पण अभिलेख राखेर आय विवरण बनाइन्छ जसले व्यवसायको सम्पत्ति, दायित्त्व, पूजी अथवा यथाथ वित्तिय अवस्थाका चित्रण थाहा पाउन सकिन्छ ।


धोकाधडी तथा त्रुटीहरू हटाउनु (Facilitates to prevent frauds and errors):

उचित लेखा प्रणालीले आन्तरिक तथा वाह्य लेखा परिक्षण गर्न सहज हुन्छ जसले गर्दा छलकपट, गल्ती, धोकाधडी पत्ता लगाउन सकिन्छ।


व्यवस्थापन तथा अन्यलाई सहयोग गर्न (Helpful to management and others) :

लेखा विधि अभिलेखहरूले व्यवस्थापनलाई कार्य सम्पादन मूल्याङ्कन गर्न, योजना तर्जुमा गर्न तथा निर्णय प्रकृयामा सहयोग गर्दछ। यसले प्रयोगकर्ताहरूलाई आवश्यक सूचनाहरू प्रवाह गर्दछ जसले गर्दा तिनीहरूले व्यवसायको सम्बन्धमा निर्णयहरू लिन सक्दछन् ।


लेखाशास्त्रको क्षेत्र तथा उपयोगिता (Scope or Utility of Acounting)

लेखाशास्त्रको क्षेत्र भन्नाले लेखाविधिको अभ्यास हुने परिधिलाई जनाउदछ। यो धेरै व्यापक छ तथा दिन प्रति दिन बढ्दै गइरहेको छ । यो व्यवसायिक संस्थाहरूमा मात्र सिमित छैन । यो लेखाविधि गैर व्यवसायिक संस्थाहरू जस्तै, सरकारी संस्था पेशाकर्मी तथा व्यक्तिहरू जहा मानविय कृयाकलापहरू हुने गर्दछन् तिनीहरूका लागि पनि उपयोगि छ। लेखाविधिको क्षेत्रलाई निम्नलिखित रुपमा उल्लेख गर्न सकिन्छ।


क. व्यवसायिक संस्थाका लागि लेखाविधि (Accounting for business concern)

प्रकृतिको र आकारको आधारमा फरक भएता पनि व्यवसायिक संगठनहरू नै लेखा विधिको सबै भन्दा ठूलो क्षेत्र हो । व्यवसायिक संस्थाहरू नाफा उन्मुख हुन्छन् । तसर्थ यस सन्र्दभमा लेखा विधिको प्रयोग एक निश्चित लेखा अवधिको अन्तमा नाफा नोक्सान खाता तथा वासलात बनाएर व्यवसायिक संगठनको संचालन परिणाम जस्तै नाफा नोक्सान र वित्तिय अवस्थाका निर्धारण गर्नको लागि गरिन्छ।

ख. गैर नाफामुलक संस्थाका लागि लेखाविधि (Accounting for non-profit making concern)

यस प्रकारका संस्थाहरू समाजमा सामान्य नागरिकहरूलाई सेवा प्रदान गर्नका लागि अस्तित्त्वमा आएका हुन्छन् । उदाहरणका लागि शैक्षिक संस्थाहरू, अस्पतालहरू, क्लबहरू इत्यादी गैर नाफामुलक संस्थाहरू हुन् । यस्ता संस्थाहरूले विभिन्न श्रोतहरूबाट कोष संकलन गर्दछन् र विभिन्न शिर्षकहरूमा खर्च गर्दछन् । Surplus र Deficit पत्ता लगाउन आय तथा खच खाता र वित्तिय अवस्था थाहा पाउनको लागि वासलात तयार गर्दछन् ।


ग. सरकारी तथा गैरसरकारी संगठनका लागि लेखाविधि (Accounting for government and non-government concern)

नागरिक कल्याणका लागि सेवा प्रदान गर्नु, न्याय गर्नु, शान्ति र सूरक्षाको व्यवस्था गर्नु तथा पूर्वाधारहरूको विकास गर्नु सरकारको उत्तरदायित्त्व हो । सरकारले कर, अनुदान तथा सेवाको रुपमा राजस्व प्रदान गर्दछ र नागरिक कल्याणका लागि विभिन्न शिर्षकमा खर्च गर्दछ । त्यसैगरि अन्य गैर सरकारी संस्थाहरू जस्तै NGO र INGO हरू नागरिक कल्याणका लागि कार्य गर्दछन । तसर्थ यस प्रकारका संस्थाहरूका लागि पनि आम्दानी प्राप्ती, परिचालन तथा नियन्त्रणका लागि लेखा विधिको आवश्यकता पर्दछ।


घ. व्यक्तिगत तथा पेशाकर्मीका लागि लेखाविधि Accounting for Professional and individuals)

व्यक्ति तथा पेशाकर्मीको लागि पनि वित्तिय दक्षता प्रदान गर्न लेखाविधिको आवश्यकता पर्दछ । विशेष ज्ञान तथा सीप आवश्यक पर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई पेशाकर्मी भनिन्छ। जस्तै, डाक्टर, इञ्जिनियर इत्यादी । तिनीहरूले आफनो आफनो आम्दानी कर पत्ता लगाउन लेखाविधिको प्रयोग गर्दछन । त्यसैगरि व्यक्तिहरू पनि दैनिक रुपमा केही न केही आर्थिक कयाकलापहरूमा संलग्न हुन्छन् र तिनीहरूले पनि व्यक्तिगत वित्तिय योजना तथा निर्णय गर्न लेखाविधिको प्रयोग गर्न सक्दछन् ।


0 Comments: